Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर : कोशी प्रदेशका झापा र सुनसरी जिल्लामा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। शुक्रबार घटेका यी घटनामा एक जना पुरुष र एक किशोरीको ज्यान गएको हो।

झापाको अर्जुनधारा नगरपालिका–४ निवासी ३५ वर्षीय दीपक पाण्डे बिर्तामोड–२ स्थित एक ट्रान्समिटरमा काम गरिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि बीएण्डसी. अस्पताल बिर्तामोड लगिएको थियो, तर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यस्तै, सुनसरीको रामधुनी नगरपालिका–६ निवासी १८ वर्षीया स्मृति चौधरीले आफ्नै घरमा रहेको पानी तान्ने कल चलाउने क्रममा करेन्ट लागी ज्यान गुमाएकी हुन्।

दुवै घटनाबारे सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij