Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

साइग्रेसको टिप्पणी : ‘रिल्स’ले बिगार्दैछ सम्बन्ध, वर्षौँको माया एक क्लिकमै लथालिङ्ग

साइग्रेसको टिप्पणी : ‘रिल्स’ले बिगार्दैछ सम्बन्ध, वर्षौँको माया एक क्लिकमै लथालिङ्ग

काठमाडौँ : सामाजिक सञ्जाल विशेषगरी इन्स्टाग्रामको ‘रिल्स’ फिचरले अहिलेको पुस्तामा व्यक्तिगत सम्बन्धमा गम्भीर असर पारिरहेको साहित्यकार तथा स्टोरीटेलर साइग्रेस पोखरेलले बताएका छन्।

फेसबुकमा पोखरेल लेख्छन्-‘इन्सटाग्रामको रिल्स ले धेरैको सम्बन्ध बिगार्दैछ। दुई मध्ये एक रिसाउँदा वा चित्त दुख्दा ठ्याक्कै आफैँलाई मिलेको जस्तो रिल्स आँखा अगाडि आईदिन्छ र आफू नै सही, पार्टनर गलत झै बनाईदिन्छ। ‘तेरो कुरा नै नबुझ्ने त्यो मान्छे टक्सिक हो, ‘तँले किन सहनुपर्‍यो ? निकाल्दे त्यसलाई जिन्दगीबाट’ आदि इत्यादि ज्ञान दिए जस्तो लाग्छ अनि उ त्यहि बमोजिम सोच्न रगर्न थाल्छ।’

उनको भनाइमा अर्कोतर्फ सम्बन्धको दोस्रो पक्ष अर्थात पार्टनरको मोबाइलमा पनि उस्तै खालका रिल्सहरू फिडमा देखिन थाल्छन्, जसले भन्छ, ‘उ त्यो मान्छे नै खराब हो, तैले जति गरे पनि बुझ्दैन, अब फर्केर नजा !’ अनि बन्द हुन थाल्छ बोलचाल। पोखरेल यहीं प्रश्न उठाउँछन्, ‘अरे बाबा ! वर्षौँको सम्बन्ध एउटा रिल्सले लथालिङ्ग पार्छ भने कस्तो बलियो बनेको रहेछ त सम्बन्ध ?’

डिजिटल एल्गोरिदम र भावनात्मक दूरी

विश्लेषकहरूका अनुसार, सामाजिक सञ्जालका एल्गोरिदमहरू प्रयोगकर्ताको रुचि, मनोदशा र व्यवहारअनुसार सामग्री प्रस्तुत गर्छन्, जसले दुई पक्षबीचको गलत बुझाइलाई थप गहिरो बनाउन सक्छ।

टिकटोक, इन्स्टाग्रामजस्ता प्लेटफर्महरूमा आउने प्रेरणादायी वा ब्रेकअपसम्बन्धी भिडियोहरूले सम्बन्धमा रहेका मानिसहरूलाई एकल दृष्टिकोणमा सोच्न उक्साउने सम्भावना हुन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij