Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

कोरिया सरकारको एक अर्ब सहयोगमा साइबर ब्युरो सञ्चालनमा आउँदै

कोरिया सरकारको एक अर्ब सहयोगमा साइबर ब्युरो सञ्चालनमा आउँदै

काठमाडौँ : कोरिया सरकारको एक अर्ब रुपैयाँ सहयोगमा साइबर ब्युरो सञ्चालनमा आउने भएको छ । ब्युरोको भवन निर्माण भइसकेको र अब उपकरण जडान गर्न बाँकी रहेको प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

शुक्रबार सङ्घीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक थापाले अहिले प्रविधिको प्रयोग सुरक्षाको मुख्य चुनौती भएको बताए ।

प्रविधिको प्रयोगबाटै चोरी, ठगी लगायतका गतिविधि हुने गरेको भन्दै प्रहरी महानिरीक्षक थापाले प्रविधिको प्रयोग गरेर हुने अपराध नियन्त्रण गर्न प्रहरीलाई प्रविधिमै सक्षम बनाउनुपर्ने बताए ।

महानिरीक्षक थापाले साइबर अपराध नियन्त्रण गर्न विभिन्न दातृ निकायको सहयोग लिने गरिएको पनि स्पष्ट पारे । खासगरी इन्टरपोलको सहायता उल्लेखनीय रहेको थापाको भनाई थियो । उनले अपराध अनुसन्धानमा खटिने प्रहरीलाई प्रविधिमैत्री बनाउन प्रयास गरिरहेको बताए ।

कोरिया सरकारको एकसय करोड रुपैयाँ सहयोगमा निर्माण भइरहेको साइबर ब्युरोले साइबरमा खटिने जनशक्तिलाई बल पुग्ने महानिरीक्षक थापाले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij