गैँडाकोट : अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले शुक्रबार एक भव्य अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ।
कलेजको गैँडाकोट–२ स्थित परिसरमा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, प्राध्यापक, पूर्वविद्यार्थी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नयाँ शैक्षिक सत्रको सुरुवातलाई स्मरणीय बनाउने उद्देश्यसहित आयोजित कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।
कार्यक्रममा चर्चित गायक हरियोन्जनले सांगीतिक प्रस्तुति दिँदै सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुभयो।
कलेजका प्राचार्य डा. प्रोफेसर इन्जिनियर हरी भण्डारीले कार्यक्रमलाई सम्बोधन गर्दै कलेजले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले आधुनिक प्रविधि, प्रयोगात्मक सिकाइ र व्यवहारिक ज्ञानलाई प्राथमिकता दिइने बताउनुभयो।
कार्यक्रममा सहभागी पूर्व विद्यार्थीहरूले कलेजको शैक्षिक वातावरण, अनुशासन, अवसरहरू, मूल्य–मान्यता र समग्र सिकाइ प्रणालीबारे नयाँ विद्यार्थीलाई अनुभव सञ्जालमार्फत जानकारी गराएका थिए।
त्यस्तै, डा. प्रोफेसर बसन्त अधिकारीले विद्यार्थीहरूले अध्ययनसँगै व्यवहारिक सिप पनि सिक्न आवश्यक रहेको बताउँदै, त्यसले भविष्यमा बिदेश जाने बाटो समेत सहज बनाउने सुझाव दिनुभयो।
अभिमुखीकरण कार्यक्रमको सहजिकरण कलेजका सहायक प्राचार्य कृष्णहरी पौडेलले गर्नुभएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij