Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

झापाकाे बाहुनडाँगी क्षेत्रमा भारी वर्षा, थप वर्षाको सम्भावना

झापाकाे बाहुनडाँगी क्षेत्रमा भारी वर्षा, थप वर्षाको सम्भावना

काठमाडौँ : झापा जिल्लामा भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमानसहित जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।विभागले शनिबार बिहान ४ः४० बजे जारी सूचना अनुसार पछिल्लो तीन घण्टामा झापाको बाहुनडाँगी वर्षामापन केन्द्र तथा वरपरका क्षेत्रमा उल्लेख्य मात्रामा वर्षा मापन गरिएको छ।

सो क्षेत्र हुँदै बग्ने निन्दा खोला, मेची नदी तथा साना खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले डुबान सम्भावित होचा भू–भागमा सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।विभागले बिहानसम्म थप वर्षा हुन सक्ने उल्लेख गर्दै जोखिम क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij