काठमाडौं : गायिका एलिना चौहानले आफू कुनै व्यक्ति विशेषसँग नभई सत्य बोल्ने नारीलाई नै दोषी ठहर गर्ने सामाजिक मानसिकताविरुद्ध लडिरहेको स्पष्ट पारेकी छन् ।पूर्वपति विष्णु सापकोटाले आज मात्रै सामाजिक सञ्जालमा एलिनाको नाम उल्लेख नगरी आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका थिए । तर जवाफमा गायिका एलिनाले सामाजिक सञ्जालमार्फत भावुक र स्पष्ट अभिव्यक्ति दिँदै आफ्नो लडाइँ कुनै व्यक्ति विरुद्ध नभएको स्पष्ट पारेकी हुन् ।
“हामीबीचको कुरा आपसी समझदारीमै सकिएको थियो,” एलिनाले लेखेकी छन्, “तर समाजको दबाब, सामाजिक सञ्जालको दुरुपयोग र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्यो।”
उनका अनुसार त्यही अन्यायले उनलाई कानुनी प्रक्रियामा जान बाध्य बनायो, विगत उजागर गर्न बाध्य बनायो—“विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन। त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन, न बदला लिने सोच।”
एलिनाले स्पष्ट भनेकी छन्—ूयो लडाइँ हो, त्यस मानसिकतासँग जसले सत्य बोलेको नारीलाई नै दोषी बनाउँछ।ू उनले आफ्नो भोगाइ सार्वजनिक गर्दा उल्टै आफैंमाथि प्रश्न उठाइने प्रवृत्तिप्रति खेद प्रकट गरेकी छन्।
“देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ,” उनले लेखेकी छन्, “तर अब म चुप लाग्दिनँ। अब यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो।”
एलिनाले सामाजिक, कानुनी र नैतिक माध्यममार्फत न्याय खोजिरहने अठोट व्यक्त गर्दै लेखेकी छन्—“किनकि म एक्लो भए पनि सत्य मेरो साथमा छ।” एलिनाले अनुहारमा निल डाम भरिएको तस्विर समेत पोष्ट गरेकी छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij