Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

परवानीपुरमा उत्पादित कार्पेट दुबई निकासी्

परवानीपुरमा उत्पादित कार्पेट दुबई निकासी्

राधेश्याम पटेल : वीरगंज–पथलैया औद्योगिक कोरिडोरको एक उद्योगले तेस्रो मुलुक कार्पोट निकासी शुरु गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीमा सञ्चालित शाह समुहको प्रेष्टिज कार्पेट इण्डष्ट्रिज प्रालिले कार्पेट निकासी शुरु गरेको उद्योगका सञ्चालक अमन शाहले जानकारी गराए । दुई वटा ४० फिटे कन्टेनरमा ३० हजार वर्गमिटर कार्पेट आजै वीरगंजस्थित सुक्खा बन्दरगाह भन्सार नाका भएर कोलकाता प्रस्थान गरेको छ भने कोलकाताबाट उक्त कन्टेनरको कार्पेट मध्य एशियाको संयुक्त अरब इमिरेट्स,अफ्रिकाको केन्या र टर्की गरी विभिन्न देशमा कार्पेट निकासी शुरु भएको उनले जानकारी गराए ।

विगत ३ वर्षदेखि छिमेकी भारतमा कार्पेट निकासी गर्दै आएको उनले जानकारी गर्दै मध्य एशिया र यूरोपियन देशबाट कार्पेट खरिदको लागि डिमान्ड आएपछि आफुहरु तेस्रो मुलुकको देशमा कार्पेट निकासी शुरु गरेका हौं,उनले भने । यो समाचार नेपाली कार्पेट उद्योगको लागि सुखद खबर भएको उनले औल्याए । विगत ७ वर्षदेखि करिब ८० करोडको लागतमा सञ्चालित उद्योगले हाल ८० जना भन्दा बढिलाई रोजगारी दिएको छ । वीरगंजको प्रष्टिज समुह नेपालकै टेक्सटायल्स,चपल ,धागो,कपडा र कार्पेट क्षेत्रको प्रतिष्ठित औद्योगिक घाराना हो ।

प्रेष्टिज कार्पेटका सञ्चालक र वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका हरि गौत्तमले पछिल्लो समय विदेशबाट कार्पेट आयात कम भइरहेको अवस्थामा नेपालको स्वदेशी कार्पेट तेस्रो मुलुकको बजारमा पुग्न यहाँको उद्योगीहरुको लागि गर्वको कुरा भएको बताए । उनले नेपाली कार्पेटको रंग,डिजाइन र गुणस्तरले अन्तराष्टिय बजारमा माग दिनहु बढदै गइरहेको उनले चर्चा गरे ।पहिले बर्सेनि टर्की,थाइल्यान्ड,भारत र चीनबाट समेत गरी १ हजार करोड वर्गमिटरसम्म कार्पेट आयात हुने गरेकोमा स्वदेशमै कार्पेट उत्पादन हुन थालेपछि ७ वर्षको अवधिमा विदेशी कार्पेट अयातमा कमी आएको छ । उद्योगले भारतलगायत अन्य मुलुकबाट कच्चा पदार्थ ल्याई उत्पादन गरिरहेको बताए । वार्षिक २० लाख वर्गमिटर उत्पादन क्षमता रहेको उद्योगले हाल वार्षिक नेपालको मागअनुसारको १२ लाख वर्गमिटर कार्पेट उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij