चितवन : चितवनमा पछिल्ला दिनहरूमा वैदेशिक शिक्षा र कामदार भिसाका नाममा भइरहेको आर्थिक ठगीका घटनाबारे अखिल (क्रान्तिकारी) चितवन जिल्ला समन्वय समितिले गम्भीर आपत्ति जनाएको छ। संगठनले प्रेस वक्तव्य जारी गर्दै यस्ता अनाधिकृत संस्थाहरूविरुद्ध कडा निगरानी र कारवाहीको माग गरेको छ।
अखिल (क्रान्तिकारी) का अनुसार, चितवनमा खुलेका केही शैक्षिक परामर्श केन्द्रहरू “वैदेशिक शिक्षा” र “कामदार भिषा” का नाममा खुलेपनि व्यवहारमा गैरकानुनी रूपमा कार्य गरिरहेका छन्। ती संस्थाहरूले सेवा शुल्कको नाममा चर्को रकम असुल्ने, अवैध रूपमा शाखा सञ्चालन गर्ने, फरक नाममा दर्ता भएर ठगी गर्ने जस्ता गतिविधि गर्दै आएका छन्।
वक्तव्यमा भनिएको छ, “यस्ता घटनाहरूले सयौँ व्यक्ति आर्थिक, सामाजिक र मानसिक समस्यामा परेको अवस्थाले गम्भीरता लिएको अवस्था छ, तर राज्यको प्रशासन गम्भीर नभएको देखिन्छ।”

वक्तव्यको अन्त्यमा भनिएको छ, “माथि उठाइएका विषयलाई सम्बोधन गर्न सरकारले तत्परता नदेखाए हामी संघर्षका कार्यक्रम सार्वजनिक गर्दै सडक आन्दोलनमा जानेछौँ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij