Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएको छ ।

उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले गरेको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भएको हो ।न्यायाधीश थारु र महर्जनलाई न्यायपरिषदले सर्वोच्चमा तानेर छानविन गरिरहेको छ ।

सरकारको कानूनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधिवक्ता कार्यालयले उक्त फैसलामा चित्त नबुझेको भन्दै हदैसम्मको सजाय माग दाबी गरेर सर्वोच्चमा गएको हो ।तल्लो अदालतको फैसलामा एक तह माथिको अदालतबाट फेरबदल भएमा महान्यायाधिवक्ता कार्यालयले आफ्नो मागदाबी लिइ सर्वोच्च अदालतमा जाने प्रचलन छ ।

फैसला गर्ने न्यायाधीशको आचरणमै प्रश्न उठेर न्यायपरिषदले नै छानबिन थालेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयको पुनरावेदनमा थप बल प्रदान भएको छ ।मान्छेलाई इँटा भट्टामा जिउँदै जलाएर मारेको मुद्दामा न्यायधीशद्वय थारु र महर्जनले आलमलाई सफाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij