Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

अकबरे खुर्सानीको मोह धादिङका किसानहरू प्रति बढ्दो

अकबरे खुर्सानीको मोह धादिङका किसानहरू प्रति बढ्दो

धादिङ : पछिल्लो समय अकबरे खुर्सानीको निकै चर्चा हुन थालेसँगै धादिङका किसानहरूले पनि यसको व्यवसायीक खेती सुरु गर्‍यौ ।खुर्सानीको उत्पादन समेत निकै राम्रो भयो तर बजारको अभावका कारण भने खुर्सानीको बिक्रीमा समस्या भए पछि किसानहरूमा चिन्ता थपिएको छ । धादिङको खनीयाँ वास र ज्वालामुखी गाउँपालिकाको झर्लाङ्ग र ढोलालगाएत नीलकण्ठ नगरपालिकाको पात्लेका किसानहरूले यसको व्यवसायी खेती सुरु गरेको हुन् ।

यसले एका तीर युवा स्वरोजगार बनेका छन् भने लर्कोतिर वार्षिक लाखौँ रकम गाउँ भित्रिएको छ । थोरै जमिनमा गरेको नगदे बाली खुर्सानी खेतीबाट आम्दानी प्रशस्त लिन सकिने ज्वालामुखी गाउँपालिका स्थित ढोलामा व्यवसायी तरकारी खेती गर्दै आएका किसान भीमसेन श्रेष्ठको भनाई छ । तर उत्पादन अनुसारको बजार अभाव र त्यसमाथि बिचौलियाको चलखेलका कारण भने किसानहरूमा समस्या थपिएको गएको भनाइ छ ।वार्षीक एक सिजनमा अहिले बिचौलियाले दिएको मूल्य अनुसार पाँच हजार बोट अकबरे खुर्सानी लगाएका किसानले चार लाख आम्दानी गरेको भनाई छ ।

अहिले उत्पादन भएको खुर्सानी धादिङका बजारहरूमा मात्रै बिक्री नहुने भए पछि काठमाडौँ र पोखरालगायत चितवन पठाउनु पर्ने बाध्यता रहेको व्यवसायी रूपमा अकबरे खेतीमा लागेका किसानको भनाई छ । किसानहरूको उत्पादन टाढा टाढाका बजारहरूमा बिक्रीका लागी लग्नु पर्दा ढुवानी खर्च निकै लाग्ने भएकोले समस्या भएको हो । यसो त अझै बिचौलियाका कारणले गर्दा त झनै समस्या हुने गरेको भनाई छ । प्रति किलो दुई सय पचासमा किसानहरूसँग व्यापारीहरूले खुर्सानी खरिद गरी बजारमा छ सय सम्म खुद्रा बिक्री गर्ने गरेको छ । यसले एका तिर किसानहरूले उत्पादन गरेको बस्तुहरूको मूल्य नपाउने अर्को तिर बजारमा उपभोक्ताहरूलाई महँगो मूल्य पर्दा किसान र उपभोक्ता दुवै मारमा पर्ने गरेका छन् ।

प्रति बोट खुसार्नीले एक सिजनमा सात देखी दश किलोसम्म उत्पादन दिएको बताउँदै सरकाले उत्पादित बस्तुहरूको बजारको जिम्मा मात्रै लिइदिएको खण्डमा पनि किसान र उपभोक्ता दुबैलाई फाइदा पुग्ने देखिन्छ । यसले किसानहरूलाई कृषि उपज उत्पादनमा समेत थप प्रोत्साहन मिल्ने देखिन्छ छ । यस वर्षको सिजनमा एउटै किसानको बारीमा तिन देखी पाँच टनसम्म अकबरे खुर्सानी उत्पादन भएको किसानहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij