Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

पेट्रोल पम्पको सूचीमा चितवनको कैलाश आयल दोस्रो स्थानमा

पेट्रोल पम्पको सूचीमा चितवनको कैलाश आयल दोस्रो स्थानमा

भरतपुर : आर्थिक वर्ष ०८१/८२ मा सबैभन्दा ठुलो आर्थिक कारोबार गर्ने पेट्रोल पम्पको सूचीमा चितवनको कैलाश आयल दोस्रो स्थानमा परेको छ ।

नारायणगढ पुल्चोकमा रहेको यस निगमको अमलेखगन्ज डिपोबाट एक अर्ब ६४ करोड ६८ लाख ५६ हजार ३७४ रुपैयाँको पेट्रोल–डिजेल खरिद गरेको हो ।

चितवनको कैलाश आयल विगतमा जस्तै यसपटक पनि दोस्रो स्थानमा छ । सो पम्पले डिजेल ७७ लाख ५६ हजार लिटर र पेट्रोल ३५ लाख आठ हजार लिटर खरिद गरेको लगेको अमलेखगन्ज डिपोले जनाएको छ ।

आर्थिक वर्ष ०८१/८२ मा सबैभन्दा ठुलो आर्थिक कारोबार गर्ने पेट्रोल पम्पको सूचीमा धादिङको भैरवी इन्टरप्राइजेज पहिलो स्थानमा छ ।

धादिङ सदरमुकाम धादिङबेँसीको भैरवी पम्पले निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जबाट दैनिक ६० हजार लिटरसम्म डिजेल र १० हजार लिटरसम्म पेट्रोल खरिद गरेको लैजाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij