Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

खोला किनारमा बेवारिसे अवस्थामा ३२३ किलो गाँजा फेला

खोला किनारमा बेवारिसे अवस्थामा ३२३ किलो गाँजा फेला

मोरङ : मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीले बिहीबार बिहान ३२३ किलो गाँजा बरामद गरेको हो । खोला किनारमा बेवारिसे अवस्थामा उक्त गाँजा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

१० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला परेपछि सशस्त्र प्रहरीसमेतको सहयोगमा बरामद गरिएको हो । उक्त गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij