Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

जनकल्याण मा.वि.द्वारा एस.ई.ई.र कक्षा ८को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान

जनकल्याण मा.वि.द्वारा एस.ई.ई.र कक्षा ८को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान

 माडी  :  जनकल्याण माध्यमिक विद्यालय माडी– ६, कल्याणपुरको आयोजनामा शैक्षिक सत्र २०८१ को एस.ई.ई. परीक्षा र आधारभूत तह उत्तीर्ण (कक्षा ८को) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख  अतिथि बागमती प्रदेश सभाका माननीय सांसद ठाकुरप्रसाद ढकाल रहनुभएको थियो भने विशिष्ट अतिथिमा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल रहनुभएको थियो ।

76b0afc6-ed9e-421b-b861-1acff76a36af1752719059.jpeg

कार्यक्रममा सभाध्यक्ष ,प्रमुख अतिथि , प्रधानाध्यापक रामबहादुर जिसी लगायत अन्य अतिथिहरूले उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक तथा विद्यार्थीहरूलाई अबिर, सम्मान पत्र र खादा ओढाएर सम्मान गर्नु भएको थियो। सामुदायिक विद्यालयतर्फ चितवन जिल्लामै चौथो र माडी नगरपालिकामा प्रथम हुन सफल जनकल्याण माध्यमिक विद्यालयले आफ्नो विद्यालयबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरू आदर्श गौतम, सेफ्रन सुवेदी, सबिन कार्की र समीर गौतमलाई नगदसहित पुरस्कृत गरिएको थियो भने अन्य उत्कृष्ट जिपिए सहित उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

माडी नगरपालिका समाजिक विकास समिति संयोजक तथा वडा नम्बर ६का वडाध्यक्ष दिपेन्द्रराज पौडेल , माडी नगरपालिका कार्यपालिका सदस्य सीता सुवेदी, अन्य जनप्रतिनिधिहरू,  विद्यालय व्यवस्थापन समितिका र शिक्षक अभिभावक संघका वर्तमान र पूर्व पदाधिकारी र विद्यार्थीका अभिभावकको उपस्थिति रहेको कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य र सांस्कृतिक प्रस्तुतिहरू समेत राखिएको थियो।

85daf1bc-d5f1-45f1-9ed5-9fb65daebfd21752719111.jpeg

074e396c-ea55-4561-b868-feba8384e6921752719110.jpeg

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट