Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

सर्पको टोकाइबाट कसरी बच्ने? टोकिहालेमा के गर्ने? (भिडिओ)

सर्पको टोकाइबाट कसरी बच्ने? टोकिहालेमा के गर्ने? (भिडिओ)

विषालु सर्पको टोकाइबाट नेपालमा बर्सेनी धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन्। विशेषगरि बर्खाको बेला तराईरमधेशका जिल्लामा सर्पदंशका घटना धेरै हुने गरेका छन्। तराई मधेसमा मात्रै होइन, पछिल्लो सयम नेपालका भित्री मधेस र काठमाडौँ उपत्यका जस्ता पहाडका जिल्लामासमेत विषालु सर्प देखिन थालेका विज्ञहरुले बताएका छन्।

विषालु सर्पले टोकेका गम्भीर बिरामीलाई बचाउन एन्टी स्नेक भेनम आवश्यक पर्छ। तर, जनचेतनाको अभावमा अझै पनि नेपालका ग्रामीण क्षेत्र र दुर्गम बस्तीमा सर्पले टोकेका बिरामीलाई झारफुकको भर पर्दा बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ।

यसै सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्पको टोकाइबाट जोगिन र सर्पले टोकिहालेमा अपनाउनुपर्ने सावधानीसहितको जनचेतनामूलक भिडिओ सार्वजनिक गरेको छ।

सर्पको टोकाइबाट जोगिन घर वरपरक बुट्यान र झाडीहरु काटेर सफा गर्नुपर्छ। घर वरपर सफा राख्ने, घरमा रहेका प्वालहरु बन्द गर्ने, जाली ढोका लगाउने गर्दा पनि सर्पको टोकाइबाट जोगिन सकिन्छ।

खेतबारीमा काम गर्दा गमबुट लगाउने, राति हिँड्दा लाइट बालेर हिँड्ने, राति सुन्दा झुल लगाएर सुत्ने, खाट वा पलडमा मात्रै सुत्ने जस्ता सावधानी अपपनाउने सके पनि सर्पदंशबाट जोगिन सकिन्छ। विज्ञहरुका अनुसार नेपालमा ८० प्रजातिका सर्प पाइन्छन्। त्यसमध्ये मुस्किलले २० प्रजातिका सर्पमात्रै विषालु हुन्छन्।

सर्पले टोकिहालेमा बिरामीलाई आँत्तिन नदिने, खान, पिउन र सुत्न नदिने, जतिसक्दो चाँडो अस्पताल लैजानुपर्छ। त्यसो गर्न सके बिरामीलाई अकालमा ज्यान गुमाउनबाट बचाउन सकिन्छ।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij