Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रत्ननगर सौराहाचोकमा फेला परेको शवको पहिचान खुल्यो

रत्ननगर सौराहाचोकमा फेला परेको शवको पहिचान खुल्यो

रत्ननगर : रत्ननगर नगरपालिका वडा नम्बर १, सौराहाचोक नजिकै आइतबार दिउँसो फेला परेको शवको पहिचान खुलेको छ। मृतक नुवाकोट, बेलकोटगढीका आशिष घिमिरे रहेको पुष्टि भएको छ। पर्यटक बसमा सह-चालकको रूपमा कार्यरत घिमिरेको शव सौराहाचोकबाट करिब ३०० मिटर भित्र, सौराहा जाने बाटोतर्फ दिउँसो ४ बजे फेला परेको थियो।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी रन्जन अवाले मृतकको पहिचान खुले पनि मृत्युको कारण नखुलेको बताए। पोष्टमार्टम रिपोर्ट नआइसकेकाले मृत्युको कारणबारे थप जानकारी प्राप्त नभएको उनको भनाइ छ । शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट