Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

बिपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक

बिपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक

बिपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म यातायात बन्द रहने भएको छ।जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले बाढी पहिरो र लेदोका कारण हुने जोखिम न्यूनीकरण तथा यात्रु सुरक्षाको लागि साउन १ गतेदेखि साउन मसान्तसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार यो निर्णय काभ्रेभञ्ज्याङ–भकुण्डेबेशी हुँदै सिन्धुली जाने मार्गमा लागू हुनेछ।गत असोज महिनामा रोसी खोलामा आएको बाढीका कारण बिपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि कटुन्जेबेशीसम्म सामान्य क्षति पुगेको थियो भने कटुन्जेदेखि सिन्धुलीको सिमाना बोक्सी कुनासम्मको २९ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो ।यसअघि पनि प्रशासनले असार ६ गतेदेखि साँझ ६:३० देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij