Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

मिनी ट्रक त्रिशूली नदी किनारमा खस्दा दुई जना घाइते

मिनी ट्रक त्रिशूली नदी किनारमा खस्दा दुई जना घाइते

मकवानपुर : नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खस्दा दुई जना घाइते भएका छन् । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत पर्ने भरतपुर २९ सिमलतालबाट मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार ट्रक अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको थियो । सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरू दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij