Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नारायणी नदी सहित देशका यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

नारायणी नदी सहित देशका यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

चितवन : जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका अधिकांश प्रमुख नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ।यसका साथै, आज देशका विभिन्न जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार, कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको छ। तर, आगामी तीन दिन यी नदीहरूको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।कमला र बागमती नदीमा भने आज र भोलि बहाव सामान्य बढ्ने र पर्सी उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट