Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

बीमा प्राधिकरणले ओझाको निलम्बनपछि पोखरेललाई दिइयो जिम्मेवारी

बीमा प्राधिकरणले ओझाको निलम्बनपछि पोखरेललाई दिइयो जिम्मेवारी

काठमाडौँ : बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ । मन्त्रिपरिषद्ले छानबिन समिति बनाएसँगै शरद ओझा स्वतः निलम्बनमा परेसँगै अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई तोकिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझामाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेसँगै ओझा निलम्बनमा परेका थिए ।

प्राधिकरणका अध्यक्ष रिक्त हुँदा तत्कालको लागि अर्थ मन्त्रीले निर्णय गरी पठाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै पोखरेललाई जिम्मेवारी दिएर पठाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

सोमबार साँझ मन्त्रिपरिषद् बैठकलगत्तै अर्थमन्त्रीले सो जिम्मेवारीसम्बन्धी निर्णय गरेका थिए । पोखरेल वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख छन् । सोही महाशाखाले अहिले बीमा प्राधिकरणसँग समन्वय गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij