असार : गाई र भैंसीमा ‘बाली नजाने’ समस्या बढ्दै गएको छ । नेपालका चार जिल्लामा गरिएको अध्ययनले पशुको बाँझोपनमा बाली नजाने मुख्य समस्या देखाएको हो । यो समस्या ३६ दशमलब ८८ प्रतिशत रहेको छ । गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ्, गोरखा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गरिएको अध्ययनले पशुमा यो समस्या धेरै देखाएको हो ।
अध्ययनमा सहभागी पशु चिकित्सक डा. रविन वस्ताकोटीका अनुसार ३८ वटा भैसी र १२२ वटा गाईमा गरिएको अध्ययनले पशुमा बाँझोपनको समस्या अत्याधिक रहने गरेको छ । पशुमा संक्रामक रोगहरुका कारणले बाँझोपना आउने गर्दछ । जसका कारण बच्चा तुहिने, गर्भ नअडिने, बाली नखोज्ने जस्ता समस्याहरु देखा पर्ने बस्यालले बताउनुभयो । उहाँले भन्नुभयो “यस्ता समस्या भएका पशु पाल्ने परिवार र त्यसको उपचारमा संलङ्न पशु चिकित्सकलाई समेत जोखिम हुन सक्छ । प्रजनन्मा विकृतिहरु देखिन सक्छ ।”
यस्तै अध्ययानका क्रममा पशुको पाठेघरको सामान्य संक्रमण २८ दशमलब १२ प्रतिशत, पठेघर सुनिने समस्या १० प्रतिशत, पटक–पटक बाली खोजी रहने समस्या १० दशमलब ६३ प्रतिशतमा देखिएको छ । बस्ताकोटीका अनुसार पाठेघरको मुख सुनिने समस्या ७ दशमलब ५० प्रतिशत, डिम्बमा पानीको फोका बन्ने ३ दशमलब ७५ प्रतिशत र पाठेघरमा पानी जम्ने समस्या ३ दशमलब १२ प्रतिशत भेटिएको छ ।
उन्नत जात मध्य होलस्टेन जातको गाईमा सन्तुलित आहाराको कमीका कारण सामान्यभन्दा बढी दुव्लो देखिने गर्दा थारोपन निम्तिएको उहाँले बताउनुभयो । जसका कारण गाईहरुमा अण्डासयको सामान्यतय चल्ने रितु चक्र निस्क्रिय भएको भेटिएको छ ।
सामान्यतय रितु चक्र २१ दिन चल्नु भन्दै उहाँले गाई व्यायको एक सय दिनमा बाली जानु पर्नेमा अहिले १२५ दिनमा पनि रितु चक्रमा नआएको देखिएको उहाँको भनाई छ । केही गाईहरु एक पटक व्यायपछि ५ वर्षसम्म पनि गर्भाधारण नगरेको पाईएको उहाँले बताउनुभयो । उन्नत नश्लका कोरली बाच्छीहरु १८ महिनामा पहिलोपटक रितुकालमा आउनु पर्नेमा २६ महिनासम्ममा पनि नआएको पाईएको छ । उहाँले भन्नुभयो “अधिकांश गाई, भैसी व्याएको २१ महिनासम्ममा पनि रितु चक्रमा प्रबेश नगरेको पाईएको छ ।”
शरीरमा रगतको मात्रा कम हुने, रगतमा हेमोग्लोविनको कमी, शारीरिक अवस्था दुव्लो, जुकाको संक्रमण लगायतका कारण पनि पशु चौपायमा बाँझोपना देखिने बस्ताकोटीले बताउनुभयो । उन्नत जातको गाई भैसी पालन गर्दा आहारमा ध्यान पु¥याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
आहारमा हरियो घाँस, कोशे जातका घाँस दिनु आवश्यक रहेको भन्दै उहाँले संक्रामक रोगको निधानका लागि पालिका र पशु सेवा कार्यालयहरुले ध्यान दिनु पर्ने बताउनुभयो । खनिजको कमीलाई आपूर्ती गर्न खनिज परिपुरक खाद्य सामाग्री पशुलाई दिनुपर्ने हुन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij