Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

अवरुद्ध बीपी राजमार्ग सुचारु

अवरुद्ध बीपी राजमार्ग सुचारु

काभ्रे: बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा ९ र ११ वडाको सिमाना कालढुङ्गामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।आइतबार साँझ साढे ६ बजेदेखि आएको लेदो रातभर हटाएर बिहान ६ बजेदेखि सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनिल ध्वाजूले जानकारी दिनुभयेा ।

बीपी राजमार्गकै पिन्थलीमा यसअघि पनि पटक-पटक सडक अवरुद्ध भएको थियो । गत असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो भने असार २५ गते मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij