धादिङ: पृथ्वी राजमार्ग क्षेत्रमा हुनसक्ने सम्भावित दूर्घटनामा आवश्यक पर्ने उद्धारका सामग्री गजुरी गाउँपालिकाले प्रहरी र नेपाली सेनालाई प्रदान गरेको छ ।वर्षाको समयमा धेरै प्राकृतिक विपद् आउन सक्ने र उद्दार सामग्रीको अभावका कारण समयमै उद्दार गर्न नसक्दा ठुलो धन जनको क्षति हुने भन्दै गजुरी गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल र नेपाली सेना लगायत ट्राफिक प्रहरीलाई समेत यस्ता सामग्री प्रदान गरेको हो ।

पृथ्वी राजमार्ग क्षेत्र र त्रिशुली नदीको निकै लामो भाग धादिङ जिल्लामा पर्ने र सवारी दुर्घटना लगाएत अन्य प्राकृतिक विपद आईहाल्यो भने उद्दार सामग्रीको अभावले समस्या आउन थालेको भन्दै स्थानीय तहले नै केही सामग्री खरिद गरेर उद्दारमा खटिने सम्वद्ध पक्षलाई प्रदान गरेको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनु भएको छ ।
थ्रो ब्याग, सुरक्षा ज्याकेट, स्टेचर, सावेल पिक, हाड बोर्ड, सोफ्टी ब्यग, रातको समयमाका लागी टर्चलगायतका आवश्यक सामग्री प्रदान गरेको हो । यसले केही हदसम्म भएपनि प्राकृतिक विपद र सवारी दूर्घटनामा पर्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दावी स्थानीय तहको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij