Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

अनाथ बालबालिकाका लागि खाद्य सामग्री सहयोग

अनाथ बालबालिकाका लागि खाद्य सामग्री सहयोग

बारा : साना किसान कृषि सहकारी संस्था लि. सिमराले साङ्गे छोयलिङ्ग बुद्ध गुब्बामा आश्रय लिएका अभिभावक विहीन बालबालिकाहरूका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ ।

संस्थाले दशौँ स्थापना दिवसको अवसरमा आइतबार बाराको अम्लेखगञ्जस्थित साङ्गे छोयलिङ्ग बुद्ध गुम्बाका बालवालिहरुका लागि चामल, तेल, पिठो, बिस्कुट, चिउरा लगायतका खाद्य सामग्री सहयोग गरेको हो ।

संस्थाकी अध्यक्ष कमला कुमारी रिमालले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले करिब ३० हजार मूल्य बराबरको खाद्य सामग्री सहयोग गरेको बताइन् ।

अम्लेखगञ्ज स्थित साङ्गे छोयलिङ्ग बुद्ध गुब्बामा ६० जना बालबालिकाहरू बस्दै आएका छन् ।

गुम्बा सञ्चालन समितिकी सदस्य सुकमाया वाइवाले देशभरबाट सम्पर्कमा आएका अभिभावक विहीन टुहुरा बालबालिकाहरूलाई मात्रै गुम्बामा राखिएको बताइन् । उनले अनाथ आश्रम सञ्चालनका लागि वर्षभरिमा स्वास्थ्य उपचार, खाद्यान्य, स्टेशनरी, शैक्षिक गतिविधि, कर्मचारी व्यवस्थापन लगायतमा ४८ लाख खर्च लाग्ने र चन्दा संकलनबाटै संस्था सञ्चालन गर्दै आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij