Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

चोभारमा पोखरीमा डुबेका बालकको सकुशल उद्धार

चोभारमा पोखरीमा डुबेका बालकको सकुशल उद्धार

काठमाडौँ : काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभार डाँडास्थित पोखरीमा डुबेका बालकको प्रहरी र सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । आइतबार बिहान दोलखा जिल्लाको तामाकोसी गाउँपालिका–३ घर भएर काठमाडौँको कालिमाटी बस्ने १० वर्षीय विवेक तामाङ पौडी खेल्ने क्रममा डुबेका थिए ।

सशस्त्र प्रहरीको नम्बर–१८ गणका इन्स्पेक्टर कृष्णराज अधिकारीको कमान्डमा खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले उनको उद्धार गरेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । उनलाई उपचारको लागि कीर्तिपुर अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij