आँबुखैरेनी : अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तर्गत रहेको लायन्स क्लब अफ आँबुखैरेनी अकलाले प्रमुख पर्यटकीय गन्तव्य ऐना पार्कमा विभिन्न प्रजातिका फूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न गरेको छ।शनिबार क्लबकी अध्यक्ष लायन सबिता थापा मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान प्रमुख अतिथि थिए।
लायन वर्ष २०२५/२६ का लागि अध्यक्ष थापाको कार्यकालको पहिलो सार्वजनिक कार्यक्रमका रूपमा बिरुवा रोपाइँबाट सुरुवात गरिएको हो। अध्यक्ष थापाले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइन्।
प्रमुख अतिथि चुमानले ऐना पार्क पछिल्लो समय स्थानीय तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्दै गएको बताउँदै पार्कको विकासमा सामाजिक संघसंस्थाहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।
उनले क्लबद्वारा पार्कमै कार्यक्रम सञ्चालन गरिएको निर्णयलाई उदाहरणीय सुरुवातको रूपमा प्रशंसा गरे।कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा लायन्स डिस्ट्रिक्ट चिफ लायन तुलसी खनाल, क्लबका अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको क्लबकी सचिव लायन कुमारी गुरुङले जानकारी दिइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij