रत्ननगर : माओवादी केन्द्र रत्ननगर तथा सहायक संगठन वाइसीएल नेपालको संयुक्त आयोजनामा रत्ननगर–४ स्थित थारु कल्याणकारी भवनको स्थानमा बृहत वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा थारु कल्याणकारी रत्ननगर अध्यक्ष रामेस्वोरे महतो लगायेत पदादीकारी तथा माओवादी रत्ननगर इन्चार्ज क सुबोध, नगर अध्यक्ष क मेघनाथ पौडेल , उपाध्यक्ष क गणेश पौडेल, जिबन श्रेष्ठ , कृष्ण खनाल तथा वाइसीएल रत्ननगर अध्यक्ष उदय भण्डारी लगायत नेताहरूको विशेष उपस्थितिमा सयौं सहभागीहरूले विभिन्न प्रजातिका रुख बिरुवा रोपेका हुन्।
वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको माओवादी केन्द्र रत्ननगरका सचिव मोहन भट्टराईले जानकारी दिए। कार्यक्रममा स्थानीय बासिन्दा, युवा तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij