काठमाडौँ : भारतस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका केही समयका लागि खोलिने भएपछि महाकाली नदीको जलसतह बढ्ने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको नेपाल बाढी सूचना केन्द्रले आज शुक्रबार राती १२ बजेदेखि भोली अपराह्न १२ बजेसम्म सिल्ट सरसफाइ कार्यका लागि ढोका खोलिने भएकाले महाकाली नदीको जलसतह बढ्ने जनाएको हो ।
‘महाकाली नदीको तल्लो तटीय क्षेत्रमा रहिनुहुनेहरूले पर्सी बिहान सम्म सतर्कता अपनाउनुहुन अनुरोध छ’, केन्द्रले जारी गरेको सूचनामा भनिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij