Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

खैरहनी : चितवनको कुमरोज सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट एक स्थानीय पुरुषको मृत्यु भएको छ। मृतक खैरहनी नगरपालिका–१३ सिमरेनी निवासी अन्दाजी ६० वर्षीय मगर बुढा रहेका छन्।

स्थानीय पत्रकार रामेश्वर रिजालका अनुसार मगर बुढा बिहान घाँस काट्न जंगल गएका थिए। त्यही क्रममा बाघले आक्रमण गर्दा घटनास्थलमै उनको ज्यान गएको हो। मृतकको शव अझै पनि जंगलमै रहेको र बाघ छेउमै बसिरहेको जानकारी उनले दिएका छन्।शव उद्धारका लागि प्रहरी टोलीसहित हात्तीसमेत परिचालन गर्ने तयारी गरिएको छ । तर बाघले शवको नजिकै पहरा जमाइरहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

कुमरोज क्षेत्रमा पनि यस्ता बाघ लगायतका जंगली जनावरको आक्रमणबाट स्थानीयको मृत्यु हुने घटना दोहोरिँदै आएका छन्।रिजालका अनुसार स्थानीयवासी अहिले त्रसित छन् र सामुदायिक वनमा सुरक्षित पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट