Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

नवलपुरमा बाघले आक्रमण गरी एक जनालाई घाइते

नवलपुरमा बाघले आक्रमण गरी एक जनालाई घाइते

नवलपुर : नवलपुरमा बाघले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका–१ बेलुवाका ३८ वर्षीय दिपेन्द्र शेर्पुन्जालाई बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा बिहान पौने ७ बजे बाघले आक्रमण गरी शेर्पुन्जालाई घाइते बनाएको नेपालले जानकारी दिनुभयो । उहाँको दाहिने हातको पाखुरा, छाती र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । उहाँको हाल मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij