गैँडाकोट : नवलपुर – “हप्ताको एक दिन, एकछिन समाजका लागि” भन्ने मूल नाराका साथ सामाजिक उत्तरदायित्व वहन गर्दै आएको WAY ग्रुप नेपाल नवलपुरले भोलि शनिबार (२०८२ असार २८ गते) आफ्नो १५२औँ श्रृङ्खला कार्यक्रम सञ्चालन गर्न लागेको छ।
कार्यक्रम अन्तर्गत गैँडाकोट नगरपालिका–३, हर्दीमा अवस्थित मौलादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई लत्ता कपडा तथा स्टेशनरी सामग्री वितरण गरिनेछ।
WAY ग्रुप नेपाल नवलपुरले प्रत्येक हप्ताको शनिबार सामाजिक सचेतना तथा सेवा मुलक कार्यक्रम गर्दै आएको छ। यस पटकको वितरण कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रा र आत्मविश्वासमा थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij