Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

रोकिराखेको ट्रकलाई पिकअपले ठक्कर दिदा दुई जना घाइते,एक गम्भीर

रोकिराखेको ट्रकलाई पिकअपले ठक्कर दिदा दुई जना घाइते,एक गम्भीर

कलैया : रोकिराखेको ट्रकलाई पिक अप भ्यानले बिहीबार पछाडी ठक्कर दिदा दुई जना घाइते भएका छन्। एक जना गम्भीर रहेका छन्।

घाइते हुनेमा पिकअप चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ८ बस्ने ४७ वर्षीय कृष्णहरि दाहाल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनको घाटि र छातिमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ।

यस्तै सोही दुर्घटनामा पिकअपमा सवार मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. १८ बस्ने ३५ वर्षीय श्यामलाल गोले घाइते भएका छन्। उनको हातको पाखुरा,टाउको र छातिमा चोट लागेको छ। बोल्न नसक्ने अवस्था रहेको उनको अवस्था गम्भीर रहेको छ। उनीहरुको उपचार एल.एस. न्युरो अस्पताल परवानिपुरमा भइरहेको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ०९ छातापिपरा स्थित शाह पेट्रोल पम्प अगाडि सो दुर्घटना भएको हो। सिमराबाट वीरगंज तर्फ जादै गरेको बा १३ च ३३०६ नम्बरको पिकअपले बाटोको बायाँ साईडमा रोकि राखेको ना ३ ख ३३५३ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको हो। ट्रक चालक फरार रहेकोले प्रहरीले खोजतलाश गरिरहेको छ। दुवै सवारी साधन इलाका प्रहरी कार्यालय जितपुर बाराको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij