Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

दाङका ४ जना कृषक पुरस्कृत

दाङका ४ जना कृषक पुरस्कृत

दाङ : कृषि ज्ञान केन्द्र दाङले जिल्लाका ४ जना कृषकलाई पुरस्कृत गरेको छ ।पश्चिम दाङको चखौरामा बुधवार भएको कृषक सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले १ जना सर्वोत्कृष्ट कृषकलाई १० हजार र ३ जना उत्कृष्ट कृषकलाई जनही ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र दिनुभएको हो ।

मह उत्पादक कृषक माधव केसीलाई सर्वोत्कृष्ट पुरस्कार दिइएको थियो भने व्यावसायिक तरकारी खेती तर्फ महेन्द्र खड्का, केरा खेती तर्फ गोविन्द विक र प्राङ्गारिक खेती तर्फ कर्णबहादुर ओलीलाई उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो ।

उत्कृष्ट कृषकहरूलाई हौसला प्रदान गर्दै अन्य कृषकहरूलाई पनि अझ उत्कृष्ट काम गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले कृषकहरूलाई पुरस्कार प्रदान गरिएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

‘आगामी वर्ष योभन्दा अझ धेरै उत्कृष्ट खेती गरेका कृषक छनोट गरी पुरस्कृत गरिने छ’ भण्डारीले भन्नुभयो ‘जिल्लामा थुप्रै उत्कृष्ट काम गरिरहेका कृषक हुनुहुन्छ उहाँहरूलाई पनि हामी आगामी वर्ष पुरस्कृत गर्दै जाने छौँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij