धादिङ : दक्षिणी धादिङको बेनी घाट रोराङ्ग गाउँपालिकाको महादेवस्थानमा पर्ने सिम थलीका चेपाङ बालबालिकाहरूका लागी शैक्षिक सामग्री वितरण गरिएको छ ।नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा प्रजा आधारभूत विद्यालय सिमथलीमा अध्ययनरत ७२ जना बालबालिकाहरूलाई विद्यालय पोसाक, शैक्षिक सामग्री सहित झोला प्रदान गरिएको हो ।शैक्षिक सामग्रीको अभावका कारण पठनपाठनमा समस्या भोग्दै आएका सो स्थानका बालबालिकाहरूलाई केही हदसम्म भए पनि सहयोग पुग्ने सहयोगी संस्थाका नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाले बताउनु भयो ।सीमान्तकृत चेपाङ समुदायको बाक्लो बसोबास रहेको बेनी घाट रोराङ्ग गाउँपालिकाले आफ्नो स्थानीय तह भित्र रहेका सबै बालबालिकाहरूलाई अनिवार्य शिक्षाका लागी विभिन्न शैक्षिक गतिविधि समेत चलाउँदै आएको छ ।
विभिन्न सङ्घ संस्थाहरूले प्रदान गर्दै आएका यस्ता सहयोग पनि चेपाङ समुदायका बालबालिकाहरूको शैक्षिक उन्नतिको लागी सहयोगि रहेको गाउँपालिकाका अध्यक्ष विवेक थपलियाको भनाई छ ।जिल्लाका अधिकांश चेपाङ समुदायको अवस्थामा अझै सुधार हुन नसकेको भन्दै सरकारले सो समुदायका मानिसहरूको स्वास्थ्य, शिक्षा जस्ता सबै कुरा निःशुल्क हुनु पर्ने माग समेत सो समुदायका मानिसहरूको माग रहेको छ । धादिङ जिल्लामा २२ हजारको सङ्ख्यामा रहेको सो समुदायमाका चार हजार छ सय बालबालिकाहरू विद्यालयमा अध्ययनरत रहेको नेपाल चेपाङ सङ्घको तथ्याङ्कमा उल्लेख गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij