Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

नारायणीको भेलमा दाउरा समात्न पसेका बालक बेपत्ता

नारायणीको भेलमा दाउरा समात्न पसेका बालक बेपत्ता

नवलपरासी : नारायणी नदीमा आएको भेलले बगाउँदा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ का एक बालक बेपत्ता भएका छन् ।नारायणी नदीको ठोक्कर नम्बर १४ नजिकै बाढीले बगाएर ल्याएको दाउरा समाउन खोज्दा स्थानीय १३ वर्षका कृष्ण मल्लाह बेपत्ता भएको प्रहरीले जनाएको छ ।

साथीहरूसँग मिलेर दाउरा समाउन भेलमा पसेका मल्ल बेपत्ता भएको र सशस्त्र प्रहरी र जनपथ प्रहरीले खोजी कार्य गरिहेका छन् ।नदीमा बाढी आएपछि बगाएर ल्याएका सामान र दाउरा समाउन यस क्षेत्रमा स्थानीयको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij