काठमाडौँ : संगीकारसमेत रहेका गजल गायक थानेश्वर गौतम फिल्म सेटमै ढलेका छन् । फिल्म ‘जनै हराएको मान्छे’को एक गीतमा सट दिदै गर्दा उनी ढलेका हुन् । फिल्मका लागि मंगलबार राती बुढानिलकण्ठको एक ब्यांक्वेटमा ‘आधाआधी सपनाहरू भैदिएन पुरा’ बोलको गीत गाएर सट दिदै गर्दा उनी ढल्न पुगेका निर्माता बिमल न्यौपानेले बताए । 'फिल्म रहेको ‘आधाआधी सपनाहरू भैदिएन पूरा’ गीतको प्रमोसनल भिडियो उहाँलाई राखेर बनाउन छायाँकन भैरहेको थियो', निर्माता न्यौपानेले भने, 'उहाँको प्रेसर लो भएको छ । तुरून्तै सेटमा डाक्टर बोलाएर उपचार गर्दा नर्मल भयो ।' सेटमा बिहानैदेखि केही नखाएका कारण उनलाई त्यस्तो भएको हुन सक्ने निर्मातले अनुमान लगाए । 'केही समयपछि होसमा आएपछि उहाँले फेरि छायाँकन गर्नुभयो,' न्यौपानेले थपे ।
फिल्म हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउदैछ । फिल्ममा विजय बराल, केकी अधिकारी,मिरुना मगर , गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ ।
हिमाल न्यौपाने निर्देशक रहेको फिल्म
पेपरक्लिपको ब्यानरमा निर्माण भएको हो फिल्मका निर्माताहरू कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमल्सेना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको फिल्ममा भानुभक्त ढकालको लेखन छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij