Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

मितेरी पुल पुनः सञ्चालनका लागि चीनसँग आग्रह गर्ने सरकारको निर्णय

मितेरी पुल पुनः सञ्चालनका लागि चीनसँग आग्रह गर्ने सरकारको निर्णय

काठमाडौं : विपद् कार्यकारी परिषद्ले रसुवाको मितेरी पुल पुनः सञ्चालनमा ल्याउन चीनसँग आग्रह गर्ने निर्णय गरेको छ ।मंगलबार साँझ बसेको परिषद्को बैठकले सो निर्णय गरेको विपद् जोखिम तथा न्युनीकरण प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले बताए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘मितेरी पुल चीन र नेपालबीचको महत्त्वपूर्ण नाका भएकाले यसलाई तत्कालै सुचारु गर्नका लागि त्यहाँ जुन सडक बनिरहेको छ । त्यो पहिलादेखि नै चीनकै मद्दतबाट बनेकाले फेरि सहयोगका लागि चीनसँग अनुरोध गर्ने निर्णय भएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, उर्जामन्त्री दीपक खड्का, चार सुरक्षा निकायका प्रमुख, चिनियाँ राजदूत, मुख्यसचिव लगायतको टोली हिजो रसुवा बाढीको अवलोकन गर्न प्रभावित क्षेत्रमा पुगेको थियो ।

प्रभावित क्षेत्रमा पुगेर फर्किएपछि प्रधानमन्त्रीको अध्यक्षताबा बसेको बैठकले मितेर पुल पुनः सञ्चालनका लागि चीन सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।उक्त बैठकले गरेको निर्णयका बारेमा गृहमन्त्री लेखकले सदनमा समेत जानकारी गराएका थिए ।

असार २४ गते विहान सवा ३ बजे चीनतर्फबाट आएको बाढीले नेपाल(चीन जोड्ने मितेरी पुल बगाएको छ ।मितेरी पुल बगाएपछि दुई देशलाई जोड्ने नाकामा सडक सम्पर्क पूर्ण रुपमा टुटेको छ । पुल बगाएपछि दुई देशबीचको व्यापारिक मार्ग बन्द भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij