Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

काठमाडौँ : विशेष अदालतले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले अदालतले प्रदान गर्दै आएको सेवाहरुको मूल्यांकन गरेर गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह एनएस/आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्रदान गरेको हो ।

बुधबार एक कार्यक्रमकाबिच अध्यक्ष टेकनारायण कुँवरले उक्त प्रमाणपत्र सार्वजनिक गरेका हुन् । उनले कार्यक्रममा अदालत हाल अदालतले गरिरहेका काम, स्थितिमा भएका सुधार र आगामी दिनका कार्यदिशाबारे जानकारी गराए ।

विशेषले गत आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक सफलता हासिल गरेको छ । उक्त वर्ष ५७५ मुद्दा लगतमा रहेकोमा ४४३ मुद्दा फछ्र्याैट गर्ने अदालतको लक्ष्य थियो । तर लक्ष्यभन्दा ज्यादा ५०६ वटा मुद्दा फछ्र्याैट गरेको थियो । सो वर्ष कुल ६३१ वर्ष १ महिना १७ दिन कैद र ४० अर्ब ५ करोड रुपैयाँ जरिवानको फैसला भएको थियो ।

चालु आर्थिक वर्षमा अघिल्लो आवको भन्दा तुलनात्मक रुपमा कम मुद्दा फछ्र्यौट भएको छ । गत असार २२ गतेसम्मको तथ्यांकअनुसार लक्ष्यअनुसार ७१.९२ प्रतिशत अर्थात १७१ वटा मुद्दा फछ्र्याैट भएका छन् । यो लगतअनुसार ६० प्रतिशत हो । अब अदालतमा ८२ वटा मात्रै मुद्दा फछ्र्यौट हुन बाँकी छन् ।

हाल विशेषमा ६ महिनाभन्दा पुराना मुद्दा शून्यमा रहेका छन् । हाल विशेषले मुद्दाको अंग पुर्‍याइ ६ महिनाभित्र फैसला, नेपालभर तथा देशबाहिर पनि भच्र्युल सुनुवाइको व्यवस्था, सुनुवाईको अदालत परिसरमा प्रत्यक्ष प्रशारणलगायतका काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij