Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

पहिरोमा फसेको बसको सकुशल उद्धार

पहिरोमा फसेको बसको सकुशल उद्धार

गोरखा :  गोरखाको अबुवा क्षेत्रमा आज बिहानै यात्रुवाहक बस ठुलो दुर्घटनाबाट जोगिएको छ ।दुर्घटनाबाट जोगिएको यात्रु बाहक बसमा चालक दल सहित १८ जना यात्रु रहेको गोरखा यातायात सेवा कम्पनीका सञ्चालक समिति सदस्य गणेश बानियाँले बताउनुभयो ।

काठमाडौँदेखि गोरखाको माछी खोला तर्फ आउँदै गरेको ग १ ख ९४४४ नम्बरको रात्रि बस पहिरोमा फसेको थियो । पहिरोमा फसेको बस डेढ घण्टाको अथक प्रयासपछि सकुशल उद्धार गरिएको सदस्य बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालक दल र यात्रु सबै सकुशल उद्धार गरिएको छ ।गोरखा नगरपालिका–११ को अबुवा क्षेत्रमा आज बिहान ठुलो वर्षापछि डाँडा माथिबाट आएको पहिरोमा बस अड्किएको थियो ।बस निकाल्न राती नै यातायात कम्पनीले जेसिबी मेशिन प्रयोग गरेर बिहान ४ बजे मात्र पहिरोबाट सकुशल उद्धार गरिएको सदस्य बानियाँले बताउनुभयो ।घटना स्थलमा प्रहरी चौकी मझुवा देउरालीको प्रहरी टोली समेत खटिएका थिए ।

उद्वारकालागी राखिएको मेशिन प्रहरी चौकीमा, प्राविधिक घरमा बिपतको बेला आवश्यक पर्ने भनेर सडक कार्यालय दमौलीले उपलब्ध गराएको मेशिन प्रहरी चौकी मझुवा देउरालीको कम्पाउन्डमा राखेर अपरेटर भने तनहुँको डुम्रेमा रहेको घरमा आराम गरेका थिए ।रातको समय भएकाले डुम्रे देखी गोरखा तर्फ आउने साधन नपाएपछि कम्पनीले आफै राती जेसिबी मेशिन खोजेर बसलाई पहिरोबाट निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij