Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लडलाइट टावर, तस्बिरहरू

आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लडलाइट टावर, तस्बिरहरू

काठमाडौँ : कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नतिको काम धमाधम भइरहेको छ । यसै क्रममा फ्लडलाइटको टावर काठमाडौँ आइपुगेका छन् ।

अहिले ती पोलहरू रङ्गशाला बाहिर नै राखिएको छ । रात्रिकालीन खेलका लागि आवश्यक पर्ने फ्लडलाइटका पोल भारतबाट ल्याइएको हो । यी टावर बुधबार बिहान काठमाडौँ आइपुगेका हुन् । भारतको उत्तर प्रदेशबाट ९ दिन लगाएर उक्त फ्लडलाइट टावर काठमाडौँ ल्याइएको हो।

अब धमाधम जडानको काम हुनेछ । ४३ करोड ७७ लाख ३० हजार एक सय १३ रुपैयाँको लगानीमा बिकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्यारापिट र फ्लडलाइट जडान गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij