Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

पहिरोले थुनिएको म्याग्दी नदी ‘ओभरफ्लो’ भएर बग्न थाल्यो

पहिरोले थुनिएको म्याग्दी नदी ‘ओभरफ्लो’ भएर बग्न थाल्यो

काठमाडौं : म्याग्दीको धौलागिरिमा पहिरो खस्दा म्याग्दी नदी थुनिएको छ । गाउँपालिकाको वडा नम्बर ४ र ६ जोडिने बाँसबोट भीरबाट खसेको पहिरोे नदी थुनिएको हो ।

गएराति १० बजेदेखिको वर्षाले पहिरो खस्दा करिब १० मिनेट म्याग्दी नदी थुनिएको गाउँपालिका उपाध्यक्ष रेशम पुन मगरले अनलाइनखबरलाई जानकारी दिए । १० मिनेटपछि भने अहिले नदी आफ्नो बहावमा बग्न थालेपनि फेरि पहिरो खस्ने जोखिम भने रहेको उनले बताए । पहिरोले थुनिएको नदी ‘ओभरफ्लो’ भएर बग्न थालेकाले तटीय क्षेत्रमा डुबानको खतरा रहेको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्रहरी, प्रशासन कार्यालय र गाउँपालिकाका प्रतिनिधिसहितको टोली घटनास्थलतर्फ जाँदै गरेको उपाध्यक्ष पुन मगरले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij