रत्ननगर : माओवादी केन्द्र रत्ननगर तथा सहायक संगठन वाइसीएल नेपालको संयुक्त आयोजनामा रत्ननगर–११ जिरौनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पार्टी इन्चार्ज क सुबोध, नगर अध्यक्ष क मेघनाथ पौडेल , उपाध्यक्ष क गणेश पौडेल, वार्ड न १२ का वार्ड अध्यक्ष सुन्दरमणि सुबेदी तथा वाइसीएल रत्ननगर अध्यक्ष उदय भण्डारी लगायत नेताहरूको विशेष उपस्थितिमा सयौं सहभागीहरूले विभिन्न प्रजातिका रुख बिरुवा रोपेका हुन्।
वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको माओवादी केन्द्र रत्ननगरका सचिव मोहन भट्टराईले जानकारी दिए। कार्यक्रममा स्थानीय बासिन्दा, युवा तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।


© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij