Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

स्याफ्रुवेशी–टिमुरे सडक खण्डकाे पहिरो हटाउँदै सेना

स्याफ्रुवेशी–टिमुरे सडक खण्डकाे पहिरो हटाउँदै सेना

काठमाडौँ : रसुवाको स्याफ्रुवेशी–टिमुरे सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । स्याफ्रुवेशी हुँदै टिमुरे जाने सडकमा गएको पहिरो हटाउन श्रीनाथ गणको टोली गोसाईंकुण्ड गाउँपालिका–५ चिलिमे हाइड्रोपावर क्षेत्रमा परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पहिरो पन्छाउन र गोसाईंकुण्ड गाउँपालिका–५ स्थित रोंगापुल क्षेत्रमा पनि सेना खटिएको छ । असार २४ मा आएको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढी क्षेत्र अस्तव्यस्त छ ।

नेपाल–चीन सिमानामा बग्ने लेन्डेखोलामा आषाढ २४ मा आएको बाढीको कारण १९ जना सम्पर्कविहीन भएका छन् । पहिरोका कारण स्य्राफ्रुवेशी र टिमुरेको सम्पर्क पनि टुटेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij