Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

चेपाङ्ग समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

चेपाङ्ग समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

निजगढ : बाराको निजगढमा रहेको हिमालयन बैंक लिमिटेडले चेपाङ्ग समुदायका विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेकोछ ।बैंकले जिल्लाको निजगढ नगरपालिका–१३, डम्बरपुरस्थित श्री शिवशक्तेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मंलगबार एक कार्यक्रमवीच पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

सामाजिक उत्तरदायित्व बैंकले उक्त विद्यालयका नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत ३५ जना चेपाङ्ग विद्यार्थीहरूलाई शर्ट, पाइन्ट, जुत्ता, मोजा र स्कुल झोला (ब्याग) वितरण गरिएको जनाईएको छ ।

सो अवसरमा बोल्दै वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य घलानले बैंकको सहयोगले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई विद्यालयमा नियमित उपस्थित गराउन प्रेरणा दिने बताएका छन ।

उक्त कार्यक्रममा हिमालयन बैंकका मधेस प्रदेश प्रमुख सागर कुमार रेग्मी, निजगढ शाखा प्रमुख सोम कार्की तथा रविन बराल लगायत विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij