उदयपुर : उदयपुरमा नुहाउने क्रममा त्रियुगा नदीमा डुबेर बेपत्ता भएका एक युवककाे शव भेटिएको छ । सोमबार साँझ बेपत्ता भएका चौदण्डीगढी नगरपालिका वडा नम्बर ६, कालीखोलाका ३० वर्षीय सुरज राईको शव मंगलबार दिउँसो भेटिएको हो ।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बबिन राईका अनुसार चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ स्थित त्रियुगा नदीको शिवाई–बेल्हा जोड्ने भाँचिएको पुलमुनि नुहाउने क्रममा सुरज बेपत्ता भएका थिए ।
इन्स्पेक्टर राईले भने, ‘सशस्त्र प्रहरी बल एक नम्बर बराहा बाहिनी इटहरीका सई लेकजंग कार्की नेतृत्वको गोताखोर टोलीले पानीमुनिबाट शव निकालेको हो ।’ अहिले पोस्टमार्टमका लागि शव नगर अस्पताल बेल्टार ल्याइएको छ। पोस्टमार्टमपछि परिवारलाई बुझाइने प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij