Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

रसुवा बाढी अपडेटः मितेरी पुल बगायो, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

रसुवा बाढी अपडेटः मितेरी पुल बगायो, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

रसुवा: रसुवास्थित नेपाल-चीन जोड्ने मितेरी पुल बिहान करिब तीन बजे अचानक आएको बाढीले बगाएको छ । त्यहाँ सयौँ इभी गाडी पनि बगाएको अनुमान गरिएको छ ।स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुर्‍याइएको खबर प्राप्त भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् । क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij