Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

‘कल्ली’ नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुने

‘कल्ली’ नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुने

फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’लाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । फिल्मका निर्माता किरण नेपालीले दिएको जानकारी अनुसार, यो फिल्म नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुनेछ । नेपालमा नेपाली भाषामा रिलिज हुने फिल्म भारत र पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज गरिने निर्माणपक्षको भनाई छ ।फिल्मलाई भारतमा एम.के फिल्म डिस्ट्रीब्युशन, पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्नेछन् ।

नेपालमा भने फिल्मको वितरण काफिया र कुबेर फिल्मस्ले गर्नेछन् । फागुनको १ गतेबाट नेपालमा भने फिल्मको हिन्दी भर्सन रिलिज हुने छैन । ‘कल्ली’को फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बजारमा राम्रो छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको हाल धमाधम पोष्ट प्रोडक्सनको काम चलिरहेको छ ।

लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तूरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा महेश दवाडीको लेखन छ । फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतका कलाकारहरूको अभिनय छ ।

यो फिल्मले लोभको कथा भन्छ । लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ । फिल्ममा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत छ । फिल्मलाई उत्कृष्ट बनाउन आफूहरूले कुनै कसर बाँकी नराखेको र यसको कथावस्तुले दर्शकको मन छुने भनाई निर्माणपक्षको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij