हेटौँडा : उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध नेपाल चिकित्सक संघको आन्दोलनको असर मकवानपुरमा पनि परेको छ । देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्न संघले गरेको आह्वानका कारण मकवापनुरका स्वास्थ्य संस्थाहरूमा पनि यसको असर परेको हो ।
केन्द्रीय कार्यक्रमलाई समर्थन गर्दै नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरको नेतृत्वमा जिल्लाका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा दिइएन । मकवानपुरको हेटौँडा अस्पताल लगायत अन्य निजी अस्पतालहरूले पनि आज आकस्मिक बाहेकका सेवा बन्द गरेका हुन् ।चिकित्सकहरुको बन्दका कारण सेवाग्राहरु भने समस्यामा परेका छन् ।
संघले चिकित्सकमाथि लापरबाहीको आरोपसहित ठुलो मात्रामा क्षतिपूर्ति तिर्नुपर्ने अदालती निर्णयलाई स्वास्थ्यकर्मीको पेसागत सुरक्षाविरुद्धको कदम भन्दै आन्दोलन चर्काएको हो । पछिल्लो समय ओम अस्पताल, हिमाल अस्पताल र ग्राण्डी सिटी अस्पतालविरुद्ध अदालतले चिकित्सकहरूलाई दोषी ठहर गर्दै करोडौँ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेपछि स्वास्थ्य क्षेत्र तरङ्गित भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij