काठमाडौँ : संसद्को शिक्षा समिति बैठक सुरु भएको छ। दिउसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरु भएको हो ।
आजको बैठकमा विद्यालय शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको छ। समिति सभापति अम्मर बहादुर थापाले आजको बैठकबाट विधेयक पारित गर्ने कार्यसूची रहेको समिति सदस्यहरूलाई जानकारी गराएका छन् ।
ययअघि असार १६ गतेको बैठकमा नै विधेयक पारित गर्ने कार्यक्रम थियो । तर, अन्तिममा शिक्षामन्त्री रघुजी पन्तले पारित गर्ने कार्यक्रम केही दिन पर सार्न अनुरोध गरेका थिए सोही अनुसार आजका लागि बोलाइएको हो ।
समिति बैठकमा बोल्दै समिति सदस्य तथा कांग्रेस प्रमुख सचेतक श्यामलाल घिमिरेले ६०/४० मा शिक्षक महासङ्घ सहमत भएको बताए । विधेयक निर्माण गर्ने विषय राजनीतिक विषय भएको उनको भनाइ छ। दलीय व्यवस्थामा दलीय नियन्त्रण हुने बताउँदै दलले भनेअनुसार हुने जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij