दाङ : घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा सुकुम्वासी पहिचान भएका कैलाश लहरेलाईउप महानगरपालिकाले नयाँ घर हस्तान्तरण गरेको छ। जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएको उक्त घर शुक्रवार एक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको हो।
गत वर्ष नारायणपुर क्याम्पस जाने सडकछेउमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका लहरे परिवारलाई हटाउने क्रममा उनीहरू सुकुम्वासीको पहिचानमा परेका थिए। त्यसपछि नगरपालिकाले उनीहरूको आवासको जिम्मा लिँदै नयाँ घर निर्माण गरिदिएको हो।
घर हस्तान्तरण कार्यक्रममा घोराही उपमहानगरका नगर प्रमुख नरुलाल चौधरीले अदालतको आदेश कार्यान्वयनका क्रममा सडकछेउका बस्ती हटाउँदा अन्यायमा परेका नागरिकप्रति सरकार जिम्मेवार रहेको उल्लेख गर्दै, “कसैलाई पनि अन्यायमा पारिँदैन, यस्तो अवस्थामा सरकार नै अभिभावक हो,” भन्नुभयो।वडा अध्यक्ष दीपक पाण्डेले सरकार अन्यायमा परेका नागरिकको पक्षमा खडा भएको बताउनुभयो। उहाँले यस्तो अवस्थामा पीडितलाई आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij