Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

पर्साको ठोरी जिल्लाकै पहिलो साक्षर गाउँपालिका घोषित

पर्साको ठोरी जिल्लाकै पहिलो साक्षर गाउँपालिका घोषित

वीरगञ्ज : ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । “हाम्रो अथक मेहेनत र प्रयासकै कारणले जिल्लाकै पहिलो साक्षर पालिका हुन पाएका छौँ”, ठोरीका गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भने, “यो गौरवको विषय हो । अन्य रचनात्मक काममा पनि आगामी दिनमा पनि ठोरीले राम्रो कामको सुरुआत गर्दै अघि बढ्नेछ ।”

पालिकामा रहेका तीन हजार ८०९ घरपरिवारका १५ देखि ६० वर्ष उमेर समूहका सरकारले तोकेको १२ सूचकमध्ये आठ वटासम्म सूचक बताउन सक्ने १५ हजार ६७८ जनामध्ये १५ हजार ३२१ जना अर्थात् ९८ दशमलव ८६ प्रतिशत महिला र पुरुष साक्षर रहेकाले पालिकालाई साक्षर पालिका घोषणा गरिएको हो ।

आसमान नेपालको समन्वयमा ठोरी गाउँपालिकाको पाँचवटै वडावासीको घरघरमा पुगेर साक्षरताको सर्भे गरेको थियो । ठोरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपाल जोशीले वडाको सम्पूर्ण घरमा बसोबास गर्नेसँग सरकारको तोकेको १२ सूचकमध्ये आठवटा सूचक पूरा गरेपछि साक्षर पालिका घोषणा गर्न सम्भव भएको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij